ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा कार्डमार्फत अनलाइन पेमेन्ट गेटवेको सुरुआत गरेको छ। यस सेवामार्फत बैंकले अब भौतिक पसलसँगै अनलाइन व्यवसायहरूलाई पनि सेवा दिन सक्छ, जसले VISA वा MasterCard प्रयोग गरी जुनसुकै बैंकबाट भुक्तानी लिन सक्नेछन्।
अनलाइन पेमेन्ट गेटवेको सुरुआतले नेपालमा डिजिटल कारोबारलाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ। यो सुविधा घरेलु तथा अन्तर्राष्ट्रिय दुवै किसिमका कार्ड भुक्तानीलाई समर्थन गर्ने भएकाले मर्चेन्टहरूका लागि व्यवसाय विस्तारमा मद्दत पुग्नेछ।
हाल NCHL मार्फत १२ वटा बैंक तथा वित्तीय संस्थाहरूले कार्ड कारोबार, होस्टिङ, स्विचिङ र अनलाइन पेमेन्ट गेटवे सेवा लिइरहेका छन्। ग्लोबल आइएमई बैंकको यस सहभागिताले नेपालको ई–कमर्स र डिजिटल भुक्तानी प्रणालीलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
