बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६४ हजार ७ सय ८० रुपैयाँ तोकिएको छ।

आज चाँदीको भाउ भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७६ रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *