बल्खु तरकारी बजार डुबानमा

२२ असार, काठमाडौं । वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ ।

बल्खुमा वाग्मती किनारमा रहेको उक्त तरकारी बजार नदीमा आएको बाढीका कारण डुबानमा परेको हो । तरकारी बजारको नदी किनारतर्फको क्षेत्र बढी डुबानमा परेको छ भने मुख्य बजारमा पनि पानी पसेको छ ।

तरकारी बजार वरपरका धेरै खाजापसलहरु पनि डुबेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *