विश्वका विभिन्न मुलुकले तयार गरेका खोपको नेपालमा पनि परीक्षण हुने

काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकले तयार गरेका खोपको नेपालमा पनि परीक्षण हुने भएको छ । चीन, रुस र बेलायतका खोप उत्पादक कम्पनीहरुले नेपालमा परीक्षण गर्न अनुमति दिएकाले त्यसको प्रक्रिया अघि बढेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले क्लिनिकल परीक्षणको तेस्रो चरणमा रहेका खोप उत्पादक कम्पनिहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको जानकारी दिए ।

खोप परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृती लिई परिषद्ले तत्परता देखाएको पनि ज्ञवालीले बताए । त्यसैगरी सदस्य सचिव ज्ञवालीले रेम्सेडिभिर कम्पनिको औषधी नेपालमा प्रयोग शुरु गरिएको समेत जानकारी दिए रेम्सेडिभिर आफूखुशी प्रयोग र विक्रीवितरण भने गर्न नपाइने उनले बताए ।

त्यस्तै परिषद्ले देशभरका १५ अस्पताललाई कोरोना भाइरसका संक्रमितमा प्लाज्मा थेरापी गर्ने अनुमति दिएको छ । अस्पतालमा तोकिएका चिकित्सकको निगरानीमा, परिषद्को प्रोटोकल अनुसार ब्लड बैंकको सहयोगमा प्लाज्मा थेरापी हुनेछ ।

प्लाजमा थेरापीमा सहयोग गर्न चहाने व्यक्तिले परिषद्लाई सिधै सम्पर्क गर्न सक्ने बताइएको छ । कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि नेपालमा पनि यसको थालनी गरिएको हो । यसमा निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आईसीयूमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई दिइन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *