नौ जिल्लाका प्रहरी प्रमुखको सरुवा

प्रहरी प्रधान कार्यालयले ४९ जना एसपीको सरुवा गरेको छ । यसमध्ये जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत नौजना एसपी छन् ।

कार्यालयका अनुसार रुपन्देहीमा प्रवीण पोखरेल, सर्लाहीमा सन्तोषसिंह राठौर, पूर्वी नवलपरासीमा प्रकाश मल्ल, नुवाकोटमा तुलबहादुर कार्की, गुल्मीमा प्रवीणलाल श्रेष्ठ, सिन्धुपाल्चोकमा राजन अधिकारी, सप्तरीमा राजेन्द्र धमला, पाल्पामा सन्तोष भट्टराई तथा स्याङ्जामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । एक वर्षअवधि पुगेका एसपीहरूको नियमित सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *