कोरोनाको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजार एक सय ७० जना कारबाहीमा परेका छन् ।
विनाकाम सडकमा निस्किएका उनीहरूलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर सम्झाएर छाडेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील यादवका अनुसार आज दिउँसो १२ बजेसम्म काठमाडौंमा चार सय ३७, ललितपुरमा चार सय ९८ तथा भक्तपुरमा दुई सय ३५ जनालाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, तीनै जिल्लामा ६ सय ९२ मोटरसाइकल र एक सय ९५ वटा गाडीसमेत होल्ड गरिएको एसएसपी यादवले बताए ।
यसरी होल्ड गरिएका सवारीसाधन भने बेलुका मात्र छाडिने प्रहरीले जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ ।