मोरङ – उदयपुरको उदयपुरगढी गाउँपालिका, जरुवामा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।
प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरका अनुसार जरुवाको भित्री सडकखण्ड भएर तामलडाँडाबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको बलेरो जिप सडकबाट तल खस्दा चारजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् ।
बिहीबार बिहान करिब सवा ९ बजे भएको सो दुर्घटनामा हाल मोरङ पथरीका ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मीननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार मोरङको पथरीका ३५ वर्षीय टीकाराम श्रेष्ठलाई उपचारका लागि कटारी अस्पतालमा लगे लगत्तै साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परेर मोरङ पथरीका ५५ वर्षीय लक्ष्मीप्रसाद राई र भारत सिक्कीमका २८ वर्षीय पवन घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुवैजनालाई थप उपचारका लागि विराटनगर ल्याइँदैछ।