चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस् !

काठमाण्डाै – चिसो बढेसँगै विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् । चिसोका कारण बढी मात्रामा बुढाबुढी, बालबालिका तथा दीर्घरोगी प्रभावित हुने गरेका छन् ।
चिसोमा अरु बेलाभन्दा ब्याक्टेरियाको संक्रमण पनि धेरै हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ ।
जाडोको समयमा घाम राम्रोसँग नलाग्ने भएकाले कोठा अँध्यारो हुने र मनोवैज्ञानिक समस्या समेत देखापर्न सक्ने उहाँको भनाइ छ । चिसोबाट बच्नका लागि केही समय घाममा बस्ने, तातो, झोलिलो खानेकुरा खाने, व्यायाम गर्ने, शरीरलाई ऊर्जा दिने खानेकुरा खाने, बाक्लो कपडा लगाउने र शरीरलाई सधैं न्यानो राख्न उहाँले आग्रह गर्नुभएको छ ।
तर कोठा न्यानो बनाउने भनेर कोइला, हिटर लगायतका वस्तु बालेर नसुत्न र पूर्ण रुपमा झ्याल ढोका नलगाउन पनि उहाँले सुझाव दिनुभएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *