कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि अपरान्ह सर्वदलीय बैठक डाकेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्शामा कालापानी र लिपुलेक आफ्नो भूभागमा राखेपछि नेपालमा अहिले भारतविरोधी प्रदर्शन भैरहेका छन् । उता, भारतले भने आफूहरुले नेपालको कुनैपनि भूभाग नयाँ नक्शामा समावेश नगरेको स्पष्ट पारिसकेको छ । त्यतिमात्रै होईन, उसले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध बिगार्नको लागि स्वार्थ समूहले भूमिका खेलेको भन्दै सचेत रहनपनि आग्रह गरेको छ ।

नेपालका प्रायः सबै राजनीतिक दलले कालापानी र लिपुलेक भारतीय नक्शामा राखेको कदमबारे भारत सरकारको विरोध गरिरहेका छन् । नेपालको परराष्ट्र मन्त्रालयले निकालेको वक्तव्य पनि झारा टार्ने खालको आएको भनेर चौतर्फी विरोध भैरहेको बेला प्रधानमन्त्री ओलीले भोलिको लागि सर्वपक्षीय बैठक बोलाएका हुन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *