दराजको एक दिने ‘सेल डे’को यस्तो छ तयारी

नेपालको सबैभन्दा ठुलो अनलाईन सपिङ सेल ‘दराज’ले एक दिने ‘सेल डे’को तयारी गरिसकेको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै दराजले उक्त दिनको तयारी गरिसकेको बताएको हो।

गत वर्षदेखि दराजले नोभेम्बर ११ लाई एक दिने ‘सपिङ डे’को रुपमा मनाउँदै आएको छ। यो कात्तिक २५ मा पर्छ ।
विश्वको इकमर्सको जाइन्ट कम्पनी अलिबाबाले सन् २००९ देखि नोभेम्बर ११ लाई एक दिने सपिङ डेको रुपमा मनाउँदै आएको छ । ११ औं महिनाको ११ गते मनाइने भएकाले उसले ११ः११ नाम दिएको हो।

सन् २०१८ अप्रिलमा दराजको स्वामित्व अलिबाबाले लिएपछि दराजले पनि सोही दिनलाई ११ः११ को रुपमा मनाउन थालेको थियो।
गत वर्षको ११ः११ संस्करणमा एकै दिन सबैभन्दा धेरै कारोबारको रेकर्ड पनि अलिबाबाले बनाइएको छ।
उसले एकै दिनमा ३०.८ विलिएन अमेरिकी डलरको कारोबार गरेको थियो ।
गत वर्षदेखि ११ः११ मनाउन थालेको दराजले पहिलो पटक मनाउँदा अन्य सामान्य दिनको भन्दा ८० गुणाले बढी व्यापार गरेको थियो।
त्यस्तै, २ लाख भन्दा बढीले सामान किनेका थिए।

यो वर्षको तयारीस्वरुप दराजले ४ सय भन्दा बढी अर्डर डेलिभर गर्ने राइडर थपेको छ भने वेयरहाउस, सटिङ सेन्टर तथा नयाँ हबहरु पनि थपेको छ।
ग्राहकको सेवाको लागि यो वर्ष तेस्रो पक्षलाई पनि सहकार्य गरेको दराजले बतायो।

यो वर्ष दराजले ३ हजार भन्दा बढी विक्रेतालाई सहभागि गर्ने बताएको छ।
उसले ३ लाख भन्दा बढी सामान ४ लाख भन्दा बढी प्रयोगकर्ता सहभागि हुने अपेक्षा गरेको छ।
अहिले दराजले पूर्व काँकडभित्तादेखि पश्चिममा धनगढीसम्म आफ्ने क्षेत्र विस्तार गरेको छ।
यस्तै, १४ ठाउँमा कलेक्सन प्वइन्ट, १७ वटा हब निमार्ण गरेको छ।
सेवा विस्तार गर्ने भन्दै दराजले ६ अन्य कम्पनीसँग पनि तेस्रो पक्ष सामान कारोबार गर्ने बताएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *