ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

काठमाडौं, चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा सडक बनाउने क्रममा ढिस्कोले पुरिएर बिहीबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको बबई गाउँपालिकाका–१ का ३१ वर्षीयको प्रेम पुन र प्रकाश घर्ती छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार बाटो बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो । दुवै जनाको शव अहिले ओम समाज अस्पतालमा राखिएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *