काठमाडौं,आइएमई डबलको डबलको डबल बम्पर उपहार योजनाअन्तर्गतको बिरेन्द्र खान खथवे विजेता घोषित भएका छन् । आइएमईले बिहीबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी गरेको लक्की ड्रमार्फत उनी विजेता घोषित भएका हुन् ।
बिरेन्द्रले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ आइएमई मार्फत नेपालमा नरसिता मण्डलालई पठाएका थिए । उनले पठाएको रकमको ८ गुणा बढी रकम अर्थात ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका हुन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र ब्रान्ड एम्बासडर दिपकराज गिरीले कम्प्युटराईज प्रविधिमार्फत लक्की ड्र गरेर बम्पर उपहार विजेता घोषणा गरेका थिए । कार्यक्रममा नै विजेतालाई सम्पर्क गरेर विजयी भएकोबारे जानकारी दिने प्रयास गरे पनि फोन सम्पर्क हुने सकेन ।
उनलाई चाडै सम्पर्क गरेर जितेको पुरस्कार हस्तान्तरण गरिने आइएमईले जनाएको छ । कम्पनीले नेपालीहरुको ठुला चाड दशैं, तिहार र छठको अबसरमा यो योजना चलाएको थियो । योजना भाद्र १५ देखि कार्तिक मसान्तसम्म ७७ दिनका लागि लागू भएको थियो ।