३० लाख नगदसहित काठमाडौंबाट २ जना हुण्डी कारोबारी पक्राउ

काठमाडौं– ३० लाख रुपैयाँ नगदसहित काठमाडौंबाट २ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्युरोडबाट ३० लाख रुपैयाँ नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका अनुसार बिहीबार दिउँसो न्युरोडबाट ३० लाख रुपैयाँसहित अर्घाखाँचीको शीतगंगा घर भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई पक्राउ परेका थिए ।

भट्टराईले बोकेको पैसा अन्जली ओभरसिजका सञ्चालक गोवर्धन प्रसाद सरावगीले दिएको तथ्य फेला परेपछि प्रहरीले सरावगीलाई पनि पक्राउ गरेको छ ।
काठमाडौंको नरदेवी बस्दै आएका सरावगी यसअघि पनि हुण्डी कारोबारमा सक्रिय रहेको प्रहरीको भनाइ छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *