काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त भलिबल बुधबारबाट सुरू भएको छ ।
औपचारिक रुपमा सागको उद्घाटन १५ गते आइतबार हुने भए पनि भलिबलसँगै केही खेल अगावै सुरु हुँदैछन् । जसका लागि सहभागी हुने सात राष्ट्रका खेलाडी आउने क्रम सुरू भएको छ ।
भलिबलका लागि बंगलादेश, श्रीलंका र माल्दिभ्सको टोली आइपुगेको छ भने भारत र पाकिस्तान आउन बाँकी छ । यस्तै अन्य खेलका खेलाडी अभ्यस्त हुन केहीदिन अगाडी नै काठमाडौं आइपुगेका छन् । स्विमिङका खेलाडी आइसकेका छन् भने एथ्लेटिक्कका खेलाडी पनि आइरहेका छन् ।
काठमाडौंमा रहेको चिसो मौसमलाई मध्यनजर गर्दै अधिंकाश खेलका खेलाडी अगावै आउन लागेका हुन् । यसैबीच सागको चहलपहल बढ्दो छ । दशरथ रंगशाला सजाउने काम चलिरहेको छ भने चोक-चोकमा सागका ब्यानर र पोस्टर टाँसिएका छन् ।