अमेरिकी शहर न्युयोर्कमा एक ८२ वर्षीया हजुरआमाले चोरी गर्न आएका एक व्यक्तिलाई कुटेर पठाएकी छन्।
गत बिहीबार राति एक व्यक्ति विलि मर्फीको घरको ढोका फुटाएर पसेका थिए। मर्फी पूर्व महिला बडिबिल्डर हुन्। उनले विभिन्न प्रतियोगिता जितेकी थिइन्।
मर्फीले त्यसबेला निडर भएर टेबल भाँच्चिन्जेल ती व्यक्तिमाथि बजारेको सीएनएनलाई बताइन्। ती व्यक्ति भित्र पस्ना साथ आफूले टेबल, झाडु, लगायतका भेटेजति सामाग्रीले ती व्यक्तिमाथि प्रहार गरेको उनको भनाइ छ।
ती व्यक्तिले आक्रमण गर्छन् भनेर उनले ती व्यक्तिको आँखामा स्याम्पु पनि लगाई दिएकी थिइन्। प्रहरी र एम्बुलेन्स आइपुग्दासम्म ती व्यक्ति घाइते भएर भुँइमा लडेका थिए।
खासमा ती व्यक्तिले ढोका बाहिरैबाट मर्फीलाई आफूलाई एम्बुलेन्स चाहिएकाले ढोका खोल्न भनेका थिए।
तर मर्फीले ढोका नखोली प्रहरी र एम्बुलेन्स खबर गरिन्। आफूले भनेको नमानेपछि ती व्यक्ति ढाको फुटाएर घरमा प्रवेश गरेका थिए।
मर्फीका अनुसार ती व्यक्ति घरमा चोर्न आएका थिए। उनी भन्छिन्,‘ती व्यक्तिले एम्बुलेन्स बोलाउन भनेका थिए। अन्ततः एम्बुलेन्समै गए।’ सीएनएन