प्रधानमन्त्री ओली आईसीयूमा भर्ना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए।

चेकजाँच पश्चात चिकित्सकले ओलीलाई आईसीयूमा भर्ना गरेको बालुवाटार स्रोतले जनाएको छ। ओलीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ।

ओलीको उपचारमा निजी चिकित्सक दिव्या सिंह शाहको टिम खटिएको छ।

यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित चेकजाँचका लागि प्रधानमन्त्री अस्पताल गएकाे र अवस्था सामान्य रहेकाे दाबी गरे।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको दुई महिनाअघि सिंगापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।

मृगौला प्रत्यारोपणपछि ओलीले नियमित औषधि खाँदै आएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *