सिंगापुर सरकारले कोकजस्ता पेय पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने भएको छ । चिनीको मात्रा अधिक हुने पेय पदार्थमा सिंगापुर सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको हो । योसँगै सिंगापुर यस्ता विज्ञापनमा प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ ।
सिंगापुर सरकारले कतिपय पेय पदार्थ नै प्रतिबन्ध लगाउने तयारी गरेको छ । त्यहाँका स्वास्थ्यमन्त्री एडविन टांगले आइतबार एक पत्रकार सम्मेलन गरेर यो जानकारी दिएका हुन् ।
सिंगापुर एशियाको सबैभन्दा धेरै चिनी खपत गर्ने देश हो । त्यहाँ आवश्यकता भन्दा बढी चिनी खपत भइरहेको त्यहाँको सरकारले जनाएको छ ।
सन् २०१७ मा सिंगापुर सरकारले कोकलगायतका पेय पदार्थलाई चिनीको मात्रा घटाउन निर्देशन गरेको थियो ।
सिंगापुर सरकारले देशमा चुरोटमाथि पनि पूर्ण प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।