राष्ट्रिय जनगणनामा शिक्षक नखटाइने, ५२ हजार युवालाई अवसर

काठमाडौं, राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जनाएको हो ।

‘शैक्षिक क्यालेन्डर नबिगि्रयोस् भनेर सबैतिरबाट सुझाव आयो,’ विभागका जनसंख्या निर्देशक डुण्डीराज लामिछानेले भने, ‘अब गणक, सुपरीवेक्षकमा बेरोजगार युवालाई भर्ना गरिनेछ ।’

उनका अनुसार ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर नयाँ भर्ना गरिनेछ ।

तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गरेको छ ।

राष्ट्रिय जनगणना २०७८

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *