महाराजगञ्जमा प्रहरीको सर्च अपरेसन, ३२ जना पक्राउ

काठमाडौं, महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘कर्डन एण्ड सर्च’ अपरेसनका क्रममा शंकास्पद र गैरकानुनी गतिविधिमा संलग्न ३२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । स्क्रिनिङ गर्ने प्रक्रिया भइरहेकाले परिचय नखुलाइएको प्रहरीले जनाएको छ ।

डीएसपी उमेश लम्सालका अनुसार पक्राउ पर्नेमा १४ महिला र १८ पुरुष रहेका छन्ब ।

अपरेसनका क्रममा टोखा-१०, भण्डारी टोलमा रहेको जीतबहादुर केसीको घरबाट जुवा खरिरहेका ९ जनाको समूह पनि समातिएको छ । उनीहरुको साथबाट दुई लाख ४ हजार रुपैयाँ बरामद भएको छ ।

टिचिङ हस्पिटल पछाडि कान्ति मार्गमा किराना पसल चलाउने गीता शर्मा पनि पक्राउ परेकी छन् । उनको साथबाट ३२ प्याकेट पटका बरामद भएको जनाइएको छ ।

विस्तृत अनुसन्धान भइरहेको लम्सालले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *