३३ हजार फिटमाथि उडिरहेको बिमानको ढोका खोल्न खोजियो !

३३ हजार फिटमाथि उडिरहेको एक बिमानको ढोका खोल्ने प्रयास भएको छ।

मादिराले मात्तिएका एक व्यक्तिले रुसबाट थाइल्यान्डका लागि उडिरहेको बिमानको ढोको खोल्ने प्रयास गरेपछि बिमान भित्र कोलाहल मच्चिएको थियो।

अधिकारीहरुका अनुसार नर्डविन्ड एयरलाइनको बोइङ ७७७ को विमानमा हालै यस घटना भएको हो।

जब दुई मदिराले मात्तिएका व्यक्तिको भनाभन र विवाद उत्कर्षमा पुग्यो त्यसपछि एक व्यक्तिले त्यसको रिस पोख्न विमानको ढोका खोल्ने प्रयास गरे।

तर ७ जना मानिसले ती व्यक्तिलाई त्यसो गर्न भने दिएनन्। उनीहरुले ती व्यक्तिलाई उचालेर ढोकाभन्दा पर लगेपछि विमान दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीको भनाइ छ।

बिमान उज्बेकिस्तानमा आकस्मिक अवतरण गरिएको थियो।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *