नेपालमा थोरै लगानीमा धेरै पैसा कमाउन सकिने व्यवसायहरू

हामी सबैले केही न केही त गर्नै पर्छ। के गर्ने भन्ने मात्र हो। प्रत्येक मान्छेलार्इ उपयुक्त हुने पेसा फरकफरक हुन्छ। सहि छनौटले मात्र सफलता दिन्छ। जस्तै नारायण गोपालले गित गाएर प्रसिद्धी कमाए। यदी उनले व्यापार व्यवसाय वा खेलकुद क्षेत्रमा लागेको भए सायद गलत छनौट हुन सक्थ्यो। तसर्थ पेसा वा व्यवसाय छान्दा कसैको लहैलहैमा लाग्नु वा आवेशमा आउनु भन्दा सकेसम्म आफुलार्इ मनपर्ने, आफ्नो अनुकुल, ज्ञान वा अनुभव भएको वा आत्माविश्वा भएको र यो काममा केही गर्छु भन्ने उत्साह भएको काम रोज्दा सफल भइने सम्भावना धेरै हुन्छ। नेपाल अहिले धेरै व्यवसायको लागि भर्जिनल्याण्ड हो, तर पनि धेरैलार्इ नेपालमा के व्यासायमा अधिक फाइदा हुन्छ भन्ने कुरामा ज्ञान नहुन सक्छ। मैले यहाँ नेपालको बजार, अर्थतन्त्र तथा माग र आपुर्ति सबैपक्षको विगत, वर्तमान र भविष्य समेतको अध्ययन र अनुसन्धान गरेर तुरुन्तै फाइदा दिन शुरु गर्ने राम्रो भविष्य भएका तीसवटा पेशा/व्यवसायहरु प्रस्तुत गरेको छु। तपार्इ पनि त्यसमध्ये कुनै काम शुरु गरी राम्रो सफलता हासिल गर्न सक्नुहुनेछ। त्यसको लागि शिर्फ आवश्यकता छ शुरुवातको र कुनै पनि काम शुरु गर्नुभन्दा पहिला यी कुराहरु मनन् गर्नै पर्छः

  • काममा कोही पनि जन्मजात परिपक्व हुदैन।काम गर्दै जाँदा ज्ञान र अनुभव बढेर निखार आउदै जाने हो।
  • श्रमको सम्मानः काम ठुलोसानो हुदैन।
  • सहि पेसाको पहिचान आवश्यकः कामबाटै मनोरञ्जन लिन सक्नुपर्छ।
  • लगानीकर्ताः यदी तपार्इसंग आकर्शक योजना छ भने लगानी कर्ताको अभाव हुदैन।
  • आफ्नो पेसा/व्यवसाय सम्बन्धी निरन्तर ज्ञान हासिल गर्नु राम्रो हुन्छ।

अब लागौं नेपालमा कुनकुन व्यवसायमा राम्रो भविष्य छ भन्ने तर्फः

बेकरी उत्पादन तथा वितरणः
ब्रेड, केक, दुनट, क्रुसन्ट, टार्ट, प्यास्ट्री, कुकीज, पास्ता, माक्रोनी, चकलेट ब्राउनी, ब्रेड रोल, बन लगायतका बेकरी आइटमहरु आजकल ज्यादै लोकप्रिय हुदै आइरहेको छ।बेकरी उत्पादानमा राम्रो प्रफिट मार्जिन हुन्छ। आधारभूत तालिम लिएर वा युट्युबबाट सिकेर पनी बेकरी उत्पादन गर्न सकिन्छ।बिदेशमा बेकरी उत्पादन कम्पनीमा काम गरी फर्केका व्यक्तीहरुलर्इ पनि हायर गर्न सकिन्छ। नेपालमा बेकरीप्रतिको बढ्दो आर्षणको कारण यो व्यवसायको भविष्य ज्यादै उज्ज्वल देखिन्छ।

कफी शपः
कफी पारखीहरुको लागि भनेर विश्वभरी हरेक शहरमा हजारौंका संख्यामा कफीशपहरु खुलेका छन् त्यसमा नेपाल अपबाद हुन सक्दैन। स्टारबक्स, ओल्ड टाउन ह्वाइट कफी, कफी बिन, म्याकक्याफे लगायत सयौंका संख्यामा विश्वप्रशिद्ध चेन कफी आउटलेटहरु खुलेका छन् जस मध्ये धेरै कम्पनीहरु मल्टी बिलियन डलर कम्पनीहरु हुन्। कारण प्रस्टै छः कफीका पारखीहरुको ठूलो जमात छ। हामी कहाँ पनि नेपालकै लोकल फ्लेभरको अलावा राम्रो ब्राण्डको कफीहरुको अलावा बेकरीका भेराइटीहरु राख्ने हो भने काफीशपबाट राम्रो फाइदा लिन सकिन्छ।तर त्यसको लागि कफीको सक्कल बिन वा औथेन्टिक कफी लिएर कफी मेकरमा बनाउने गरेमात्र कफीको अरोमा, स्वाद र सन्तुष्टी मिल्छ र ग्राहकको टर्नओभर बढ्छ। बजारमा पाइने प्याकेटको नेसक्याफे कफी मात्र बेचेर भलो हुदैन।

टी-शर्ट र गिफ्ट प्रिन्टिङ्गः
युवाहरुलार्इ लक्षित गरेर टी-शर्ट वा सेरामिक गिफ्ट आइटमहरुमा चाहे अनुसारको फोटो वा शब्दहरु राखी प्रिन्ट गरी बिक्री गरी राम्रो आम्दानी गर्न सकिन्छ। यसको लागि थोरै लगानीमै प्रन्टिङ मसिन खरिद गर्न सकिन्छ भने डिजार्इन पनि आफुसंग भएकै कम्प्पूटर वा ल्यापटपमा गर्न सकिन्छ।विदेश तिर पनि मेला वा पर्यटकको भिडभाड धेरै हुने स्थानमा यो पेसाबाट निकै पैसा कमाएको देख्न सकिन्छ।

टुरिस्ट साइट अन द स्पट फोटोग्राफीः
धेरै पर्यटक आउने प्रसिद्ध मन्दिर वा स्थानहरुमा आउने आगान्तुकहरुको फोटो खिची उक्त सथानको विशेषता जस्तै मन्दिर, हिमाल, गुफा, ताल वा के छ त्यसलार्इ व्याकग्राउण्डमा राखी तत्काल फोटो प्रिन्ट गरीदिने पेसाबाट मनग्य आमदानी गर्न सकिन्छ। यसको लागि थोरै लगानीमै क्यामेरा, कम्प्युटर र प्रन्टिङ मसिन खरिद गर्न सकिन्छ भने डिजार्इन पनि कम्प्पूटरमा आफैले गर्न सकिन्छ।फोटोशप जस्तो कम्प्युटर सफ्टवेर चलाउन जाने उत्तम हुन्छ। जस्तै उदाहरणको लागि पशुपतिनाथको दर्शनमा आएका मान्छेहरुको पशुपतिनाथको मन्दिरको आर्कषक फोटो व्याकग्राण्डमा राखेर फोटो प्रिन्ट गरिदिए ति मान्छेहरुले त्यो फोटो अवश्य किन्छन्। हरियो वा प्लेन ब्याकग्राउण्मा फोटो खिचि कुनै फोटो इडिटर सफ्टवेरबाट ब्याकग्राउण्डमा चाहेको सिन राखी तुरुन्तै फोटो धुलार्इ बिक्री गर्न सकिन्छ। यसमा कम्प्युटरको पनि ठूलो भूमिका हुन्छ।

तयारी भोजन (Fast food) सेवाः
आजभोलि मानिसहरुको व्यस्तता र बर्गर, पिजा, मःमः लगायतका तयारी भोजन प्रतिको मोहले फास्टफुड सेवा राम्ररी चलेको छ। स्वाद, गुणस्तर र मूल्यमा ध्यान दिने हो भने यो कामबाट मनग्यै पैसा आर्जन गर्न सकिन्छ। र यसको लागि थोरै मात्र लगानी र ज्ञान भए पनि पुग्छ।

ब्लगरः
आफुले जानेको, देखेको, भोगेको वा मन लागेको कुनै पनि विषमा लेखेर वेवसाइटमा पोस्ट गरी ब्लगरको रुपमा पैसा कमाउन सकिन्छ।ब्लगिङ्ग मनोरञ्जन वा हवीको रुपमा पनि गर्न सकिन्छ। तपार्इले धेरैभन्दा धेरै भिजिटरहरु पाउन थाल्नु भयो भने विज्ञापन वा मनिटाइजेसनबाट सहजै पैसा अर्जन गर्न सक्नुहुन्छ।यसको लागि शुरुमा निःशुल्क ब्लगीङ्ग साइटहरु जस्तै वर्डप्रेस, ब्लगर, लार्इभजोर्नल आदीबाट शुरु गर्न सकिन्छ। पछि आफ्नै डोमेनमा वेवसार्ट चलाउन सकिन्छ।

बुटीक पसलः
बुटिक पसल आज प्राय हरेक महिला सेलिब्रेटिको रोजार्इको व्यवसाय हो। बुटिक ह्याण्ड मेड हुने र हरेक पिस सिंगल पिस हुने भएकोले मोल धेरै परे पनि यसको माग दिनानुदिन बढ्दै गैरहेको छ। थोरै लगानीमा शुरु गरेर बिजनेस इम्पायर खडा गर्न धेरै समय नलाग्न पनि सक्छ।

आंतरिक सजावट (Interior Designer):
नेपालमा अहिले बिदेशी शैलीका राम्रा घर र अफिसहरु प्रशस्तै बन्न थालेको छ। राम्रो घर वा कार्यालयको भित्रि सजावट र बनावट पनि राम्रै भएमात्र उक्त घर र कार्यालयको शोभा बढ्ने भएकोले धेरै भन्दा धेरै मान्छेहरु राम्रो इन्टेरियर डिजार्इनको खोजीमा रहेका छन्। आधारभूत तालिम हासिल गरी यो कामको थालनी गर्ने हो भने कालान्तरमा राम्रो व्यवसायको रुपमा विकास गर्न सकिन्छ। इन्टेरियर डिजार्इनको शुल्क आफैले निर्धारण गर्ने भएकोले पैसा कति कमाउने भन्ने पनि आफ्नै हातमा हुन्छ। हाल नेपालमा यो काम नयाँ र आकर्शक कामको रुपमा विकास हुदैछ।

स-साना खेलकुद सामाग्री उत्पादनः
ब्याट्री, बल, फुटबल,चेस, क्यारम ​​र ब्याडमिन्टन जस्ता साना खेलकूदका सामाग्रीहरु आफैले उत्पादनहरू गर्न सकिन्छ। स-साना खेलकुदका सामाग्रीहरुको माग पनि धेरै भएकोले त्यस्ता सामाग्रीहरु उत्पादन गरी बिक्री बितरण गर्न सके राम्रो कमार्इ हुन्छ।

कागजका उत्पादनः
सामान्य मेसिनहरु खरिद गरेर पेपरका सामानहरु उत्पादन गर्न सकिन्छ। पेपर हरेक क्षेत्र र उद्योग मा व्यापक रूपमा प्रयोग गरिन्छ। विशेष गरी शिक्षा क्षेत्रमा। यसबाट न्यापकिन, कागजको कप वा थाल जस्ता धेरै माग भएको समाग्रीहरु पनि उत्पादन गरी बिक्री गर्न सकिन्छ।

खेलौना उत्पादनः
बालबच्चाको लागि खेलौनाहरूको ठूलो बजार छ। खास गरी डल्सको माग धेरै छ। डल्स बच्चाहरुले मन पराउने, चोटपटक नलगाउने, धेरै टिकाउ हुने जस्ता कारणहरुले सबैले मन पराउछन्। त्यसको अलावा अन्य कुनै पनि किसिमको खेलौनाको बिक्री राम्रैसंग हुन्छ। अतः खेलौना निर्माण र बितरण उद्योग शुरु गर्नु एउटा राम्रो कामको शुरुवात हो।

इलेक्ट्रोनिक सामान मर्मतः
अहिलेको समयमा इलेक्ट्रोनिक सामानहरु हरेक व्यक्तीसंग हरेक क्षण अभिन्न अंग जस्तै रहन्छ। मोबाइल, ल्यापटप, ट्याब, स्मार्ट वाच, म्यूजिक सिस्टम, घरायासी सामाग्रिहरु इत्यादी सधैं चाहिने सामानहरुमा केही न केही गढबडी भैरहन्छ। धेरै जसो समस्याहरु सामान्य अनुभवले नै ठिक पार्न सकिन्छ। यदी मर्मत सम्बन्धी आधारभूता तालिम लिइ काम थाल्ने हो भने मनग्ये पैसा कमाउन सकिन्छ।

अनलार्इन बिक्रेताः
अनलार्इबाट कुनै पनि सामान बिक्री गर्न सकिन्छ। त्यसको लागि ठुलठुला इकमर्श कम्पनीहरुमा सेलर एकाण्ट खोलेर आफ्नो सामान बिक्री गर्न सकिन्छ। जस्तै इवे, अमेजन, अलिबाबा जस्ता अनलार्इन कम्पनीहरुबाट जोकवहीले पनि सामान बिक्री गर्न सक्छ। नेपालमा पनि दराज, सस्तो डिल, नेपवे, हाम्रो बजार लगायतका अनलार्इन मार्केटहरुबाट सामाग्रीहरु बिक्री गरी अतिरिक्त कमार्इ गर्न सकिन्छ।

बालउद्यान:
धेरै अभिभावकलार्इ शुक्रबार, शनिवार वा विदाका दिन आफ्नो बालबच्चालार्इ मनोरञ्जन दिन कतै न कतै लैजान चाहेका हुन्छन्। किड्स प्लेइङ जोनमा कमार्इको कुनै चिन्ता हुदैन। केही लगानी भने गर्नुपर्ने हुन्छ। बच्चाहरुको लागि प्लास्टिकको स्लाइड, स्वीङ्ग, फ्लोर म्याट, जम्पिङ्ग बाउन्सर लगायतका सामाग्रीहरु जडान गर्नुपर्ने हुन्छ। बच्चाहरुलार्इ प्रवेश शुल्क लिर्इ वा मेम्बरशिप शुल्क लिर्इ यो कामबाट राम्रो र निरन्तर कमार्इ खान सकिन्छ।

कार्यक्रम व्यवस्थापक (Event Manager):
मैले धेरै ठाँउमा लोकप्रिय कलाकारहरु भाडामा लिर्इ कन्सर्टको कार्यक्रम व्यवस्थापन गरेर धेरै पैसा कमाएको देखेको छु।यसरी नै विवाह, भोज लगायतका कार्यक्रमहरुबाट पनि यो व्यवसाय शुरु गर्न सकिन्छ।

ब्यूटी पार्लर:
अहिले बजारमा, घरमा यत्रतत्र ब्यूटी पार्लरहरु खुलेको देखिन्छ।त्यसले नै यसको स्कोप देखाउछ।तर मसरुमिङ ब्यूटी पार्लरहरुले गर्दा प्रतिस्पर्धा पनि बढाएको छ। तथापी व्यसायीक रुपमा काम देखाउने हो भने ग्राहकको कमी हुदैन। साथै बेहुली सजाउने कलाकार (Bridal Makeup Artist) को रुपमा महिला वा पुरुष जोकोहीले राम्रो सफलता पाउन सक्छन्।

फोटोग्राफर/भिडियोग्रफरः
भनिन्छ हजारौं शब्दले वयान गर्नु पर्ने कुरा एउटै तस्बिरले गरीदिन्छ। फोटोग्राफी र भिडियोग्राफी ज्यादै रोमाञ्चकारी काम हो। बिभिन्न विवाह भोज जस्ता कार्यक्रमको फोटो खिचेर कामको शुरुवात गर्न सकिन्छ। राम्रो फोटो वा भिडियोहरु उचित मुल्यमा अनलाइन बिक्री गर्न सकिन्छ। तर यसलार्इ व्यावसायीक बनाउन भने आधारभूत तालिम लिनु उत्तम हुन्छ। आफूले खिचेका फोटो र भिडियोहरु आफ्नै वेवसाइटमा राखेर बिक्री वा मनिटाइज गर्न सकिन्छ। वास्तवमा सहि तरिकाले गर्ने हो भने फोटोग्राफी र भिडियोग्राफीबाट पैसानै पैसा आर्जन गर्न सकिन्छ। यसको लागि सस्तै क्यामेरा प्रयोग गरेर काम सिक्न सकिन्छ।

योग/ध्यान प्रशिक्षकः
आधुनिक जिवनशैलीबाट स्वास्थ्यमा पर्ने असर र मानिसहरुको स्वास्थ्य प्रतिको चेतनाले गर्दा योग, ध्यान, शारीरिक व्यायाम, अर्गानिक भोजन लगायत वेलनेस इन्डस्ट्रीमा उल्ख्यमात्रामा लगानी बढिरहेको छ।तर आमदानी नै गर्न भने व्यवसायीक कक्षाहरु सञ्चालन गर्नुपर्ने हुन्छ।यो काम आफ्नै घरबाट शुरु गर्न सहिन्छ

नृत्य/जिम्बा प्रशिक्षकः
हिजोआज जिम्बा/नृत्य शारीरिक व्यायामको रुपमा अतिनै प्रचलित छ।शुरुमा आधारभूत कक्षा लिएर पछि आफैले प्रशिक्षण दिन सकिन्छ।

युट्युब कभर सङ्ग गायक र एकल बाद्यबादकः
यदि तपाइँ कुनै चर्चित गायकको गीतहरु राम्ररी गाउन सक्नुहुन्छ भने त्यसलार्इ रिकर्ड गरी युट्युबमा अपलोड गरी एक सफल कभर सिङ्गर बन्न सक्नुहुन्छ। त्यसको लागि आफ्नै युट्युब च्यानल बनार्इ प्रबर्द्धन गर्न सकिन्छ।राम्रो स्वर छ भने त चमत्कार नै हुन पनि सक्छ।
यदि तपाईलार्इ गिटार वा साराङगी वा किवोर्ड वा पियानो वा त्यस्तै कुनै म्यूजिकल इन्सट्रुमेण्ट सामान्यरुपमा मात्रै पनि बजाउन आउछ भने पनि युट्युबमा राखेर मोनेटाइज गरी आमदानी गर्न सक्नुहुन्छ।त्यसको लागि चल्तिको गितहरुलार्इ धेरै भन्दा धेरै अभ्यास गरेर कभर सङ्गको रुपमा प्रस्तुत गर्न सकिन्छ। एउटा एउटा गर्दै जाँदा झन्झन् मोटिभेटेड हुँदै गइन्छ भने सृजनामा पनि निख्खार आउदै जान्छ। अझ अन्य बाद्यबादक बजाउन जान्ने वा राम्रो स्वर भएको साथीभार्इसंग मिलेर अर्केस्ट्रा वा ब्याण्ड बनार्इ कालान्तरमा व्यवसायकै रुपमा अघि बढाउन पनि सकिन्छ।

अनलाइन ट्यूटोरियलः
हरेक व्यक्तिमा केही न केही खुवि, ज्ञान वा विशेषता हुन्छ।एक जनालर्इ आउने कुरा अन्य धेरै व्यक्तिहरुले सिक्न खोजीरहेका हुन्छन्। यसरी आफुले जानेको ज्ञानलार्इ अनलाइन ट्युटोरियल बनार्इ मेम्बरशिप शुल्क र मोनेटाइजेसन गरी आम्दानी गर्न सकिन्छ।

ग्राफिक डिजाइनरः
ग्राफिक डिजाइन हरेक व्यवसायको लागि चाहिने अत्यावश्यक सेवा हो। कम्पनीको लोगोमा अर्थ लुकेको हुन्छ। र हरेक कम्पनी आफ्नो लोगो आकर्षक र उत्कृष्ठ होस भन्ने चाहान्छ। यदि तपाइँसँग कुनै फोटोशप, कोरल ड्र, एडोप इलस्ट्रेटर, जिम्प (GIMP) या यस्तै डीजाइन सम्बन्धीको कम्प्युटर ज्ञान छ भने कम्पनी वा बिज्नेस लोगो, ब्रान्ड डिजाईन, ब्रोसर, पुस्तक वा पत्रिकाको कभर, ब्यानर, इलेक्ट्रोनिक वोर्ड इत्यादीको डिजाइन गरी विस्तारै शिकारुबाट व्यवसायिक बन्न सक्नुहुन्छ।

युट्युबर (YouTuber):
यूट्यूबले मानिसहरूलाई विभिन्न बिषयहरू सम्बन्धित जानकारी दिन प्लेटफर्म प्रदान गर्दछ।सबैलार्इ थाहै भएको कुरा हो युट्युबमा मौलिक भिडियोहरु अपलोड गरेर मोनेटाइज गरी आमदानी बढाउन सकिन्छ।केवल कामको थालनीको मात्र जरुरी छ।

उपहार सामाग्री बिक्रीः
ग्रिटिङ कार्ड, सोभनियरका सामाग्रिहरु जस्तै खुकुरी, घडी, नोटबुक, फोटो एलबम, कलाम, स-साना मुर्ति, प्रिन्टेड कप, वालीट, पर्स, इलेक्ट्रोनिक्स सामानहरु, टार्इ, कि रिङ, खेलौना अथवा कुनै पनि चिज उपहार सामाग्रीको रुपमा बिक्री गर्न सकिन्छ। वर्थ डे, विवाह, इन्गेजमेण्ट, नयाँ वर्ष, चाँडबाँड जस्ता अवसरहरुमा अधिक संख्यामा उपहार सामाग्रीहरु बिक्री हुने हुनाले यसबाट राम्रै कमार्इ हुनेमा शंका छैन।

फूल पसलः
अहिले नेपालमा फूल पसल पनि फस्टाउदो व्यवसायको रुपमा आइरहेको छ। महत्वपूर्ण सभासमारोहमा वा विवाह वा कार्जोमा फूलको बुकी दिने चलन बढी रहेको छ। फूल बिक्रीमा राम्रो मार्जिन हुन्छ। फूल सजावटमा रुचि भएकाहरुले यो काममा लगानी गरे हुन्छ।

कार वाशिङ सेवाः
नेपालको जुनसुकै सहरमा पनि कारको सँख्या उल्लेख्यमात्रामा देखिन्छ। कार सफार्इ गर्ने काममा राम्रो कमार्इ हुन्छ। यसको लागि कुनै ठूलो वा धेरै जटिल उपकरणहरू पनि आवश्यक पर्दैन। व्यस्त सडक छेउमा सानो सटर वा टहरो भाडामा लिर्इ एउटा सार्इनबोर्ड राखी काम शुरु गर्न सक्नुहुन्छ। तर नियमित ग्राहक पाउन राम्रो सेवाको साथै धर्यताको पनि आवश्यकता पर्छ।

जिम/फिटनेसः
यो शताब्दी नै शारीरिक फिटनेसको हो भन्दा फरक नपर्ला। धेरै भन्दा धेरै नेपालीहरुमा शारीरिक फिटनेसप्रति आकर्शण बढीरहेकोले जिम, एरोबिक्स, जिम्बा लगायतका फिटनेस सेन्टर सञ्चालन गरे उन्नती र प्रगती हुने निश्चित नै देखिन्छ।

किराना/कपडा/खेलौना/इलेक्ट्रोनिक्स/हार्डव्येर पसलः
किराना, कपडा, खेलौना, इलेक्ट्रोनिक्स, हार्डव्येर पसलहरु अत्यावश्यक भएकै कारण त्यस्ता पसलहरु जताततै भेटिन्छन। तर व्यवस्थीत र चित्त बुझ्दो भने भेट्न मुश्किल नै हुन्छ। किनकी धेरै त्यस्ता पसलहरुमा सामान पर्याप्त हुदैन, खोजेको सामान भेट्नेगरी व्यवस्थित गरी अरडरमा राखेको हुदैन। अर्को शब्दमा भन्ने हो भने पसल होकी गोदाम हो भने जस्तो गरी राखेका हुन्छन। बिक्रतामा सेवाभाव हुदैन। इन्भेन्ट्री म्यानेजमेण्ट सिस्टम नभएर कुन सामान कति बिक्री भयो, कुन सामान सकिन लाग्यो, कुन सामान सकियो जस्ता कुराहरुको अत्तोपत्तो हुदैन र आज एउटा सामना भेटिदैन अनि भोली अर्को सामान भेटिदैन। त्यसरी ग्राहकमा फ्रस्ट्रेसन आउछ। उल्लिखित कुराहरुमा ध्यान दिने हो भने पसलबाट राम्रो आमदानी हुन्छ।

माछा/महुरी/बाख्रा/बंगुर/कुखुरा पालनः
नेपालमा अहिले हरेक दिन हजारौं टन माछा, मासु र मह जस्ता उपभोग्य वस्तुहरु विदेशबाट आयात भैरहेको छ। शैक्षिक योग्यता भएका वा नभएका जोकोहीले गर्न सकिने व्यवसाय हो माछा, महुरी, बाख्रा, बंगुर र कुखुरा पालन। परम्परागत बिधिभन्दा फरक वैज्ञानिक पद्दती अपनाएर यो व्यवसाय शुरु गरे पछुतो कहिल्यै हुदैन। नेपालको स्थानीय उत्पादनले नधान्ने भएकोले पनि यो व्यवसायको माग उच्च रहेको स्वत शिद्ध हुन्छ।

बृक्षरोपण/कृषी उत्पादनः
नेपालको पहिलाको हरियो वन नेपालको धन भन्ने चलन अहिले हराएर गएको छ। नेपालमा खपत हुने काठ विदेशबाट निर्यात गर्नुपर्ने अवस्था छ। माग ज्यादै छ। त्यसैले यदी तपार्इसंग जग्गा छ भने चाँडो बढ्ने उन्नत जातको रुख विरुवा लगार्इ बार्षिक करोडौ आर्जन गर्न सकिन्छ। त्यसरी नै उन्नत र वैज्ञानिक प्रविधि अपनार्इ गोलभेडा, च्याउ, लगायतका सागसब्जी र फलफूलहरु उत्पादनबाट पनि धेरै दाम आर्जन गर्न सकिन्छ।

अन्तमाः
नेपाली इतिहासमा रणजोर सिंको एउटा भनार्इ चर्चित छः सक्छौ जागिर नखाउ, सक्दैनौ जागिर खाउ… वास्तवमा आधुनिक समयमा पनि यो भनार्इ एक अर्थमा मार्मिक छ। त्यो के हो भने जागिर खाएर मान्छे कहिल्यै धनी बन्न सक्दैन। काम र पैसाको दुश्चक्रमा घनचक्कर लगाउदै जागिरेको जिन्दगी तमाम् हुन्छ। धनी हुनलार्इ आफ्नो कामको मालिक आफै नै हुनु जरुरी छ। भाग्यवस माथी उल्ले गरिएको सवै कामको मालिक स्वयं आफै बन्न सक्नुहुन्छ र बन्नु पर्छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *