१८ विकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार वार्षिक शुल्क नबुझाएपछि रोक्का

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाएका १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ।

धितोपत्र विनियमावली २०७५ को विनियम १६ (१–क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८१ सुचीकृत कम्पनीहरुको कारोबार कार्तिक ३ गतेबाट लागू हुगे गरी स्थगित गरिएको नेप्सेले जानकारी दिएको छ।

नेप्सेको कारबाहीमा परेर कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक छन्।

१९ वटा लघुवित्त कम्पनी ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी, र ११ वटा लघुवित्त कम्पनी छन्।

उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समुहका २ वटा कम्पनी कारबाहीमा परेका छन्।

नेप्सेलाई बुझाउनुपर्ने वार्षिक नवीकरण शुल्क नबुझाउने त्यस्ता कम्पनीलाई कारबाहीस्वरुप कारोबार रोक्का गरिएको हो।

उनीहरुले तिर्न बाँकी नवीकरण शुल्क बुझाएपछि कारोबार खुला गरिने पनि नेप्सेले जनाएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *