तिहारमा १० बजेपछि देउसी भैलो खेल्न नपाइने, रक्सी प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय लमजुङले तिहारमा १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।

एक सूचना जारी गर्दै सुरक्षालाई प्रतिकूल असर पर्ने अरु काम नगर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

त्यस्तै, लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले तिहारमा रक्सी बिक्री वितरणमा पनि पूर्ण प्रतिबन्ध लगाएको जनाएका छन् । उनले दिउँसो खेलिने देउसी भैलोले पनि सडक अवरुद्ध गर्न नपाइने बताएका छन् । जिल्लामा पटका पनि पड्काउन नपाउने सूचना प्रशासन कार्यालयले जारी गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *