नागढुंगा–नौबीसे सडक खण्ड आज दिनभर एकतर्फी मात्र सञ्चालन हुने

काठमाडौं – नागढुंगा–नौबीसे सडक खण्ड शुक्रवार दिनभर एकतर्फी मात्र सञ्चालनमा आउने भएको छ ।
उक्त सडक खण्डअन्तर्गत धुनीबेसी– ९ स्याउलीदेखि सिक्रेखोलासम्मको खण्ड बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म एकतर्फी रूपमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङ प्रहरीका प्रवक्ता डीएसपी रूपक खड्काले उपलब्ध गराएको विवरणमा भनिएको छ– ‘धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्याउलीदेखि सिक्रखोलासम्म नौबीसे-नागढुंगा सडक खण्ड बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म कालोपत्रे तथा सडक मर्मत कार्य भइरहेकोले उक्त सडक खण्डमा एकतर्फी सवारी आवागमन हुनेछ ।’
प्रहरीले जथाभावी ओभरटेक नगर्न र ट्राफिक नियमको ख्याल गर्न पनि सचेत गराएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *