शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर विमानस्थल पुगेकी छन् ।

यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा बुधबार बिहान हेलिकप्टरमार्फत विमानस्थल पुगेकी हुन् ।

सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन ।

म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी छन् ।

म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *