गोदावरी फूलको प्रदर्शनी कात्तिक पहिलो साता

काठमाडौं, ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने मूल नाराका साथ ‘१३ औं गोदावरी फूलको प्रदर्शनी’ ललितपुरमा हुने भएको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रदर्शनी आयोजना गर्न लागेको हो ।

एशोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गोदावरी फूलको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले प्रर्दशनीमा ४९ वटा प्रदर्शनी कक्षहरु रहने जानकारी दिए ।

प्रदर्शनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवा समेत समावेश गरिनेछ । नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भइसकेको पनि एशोसिएशनले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *