जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ

काठमाडौं, जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए ।

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।

उनलाई जहाजले काठमाडौं ल्याउन मानेको थिएन । तर, स्थानीय प्रशासनको दबावमा उनी सोही जहाज चढेर काठमाडौं आएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *