सप्तरी, चिकित्सक डयूटीमा नआएको भन्दै राजविराजस्थत गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सोमबार तोडफोड गरिएको छ ।
बिरामी लिएर आएका केही ब्यक्तिले दिउँसो २ बजेसम्म पनि चिकित्सक अस्पतालमा नआएको भन्दै तोडफोड गरेका हुन् ।
अस्पतालमा कार्यरत चिकित्सक डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव दिउँसो २ बजेसम्म पनि अस्पताल नआएको भन्दै तोडफोड गरेका हुन् । आक्रोसित विरामीका आफन्तहरूले नाराबाजी समेत गरेका छन् ।
गरिएको तोडफोडका कारण डा.झा र डा. यादवको विरामी जाँच्ने कोठामा क्षति पुगेको छ ।
अस्पतालमा तोडफोड गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज-१ निवासी गुन्जन झा रहेका छन् ।
अहिले अस्पतालमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।