नेकपाले बाँड्यो एक लाख कार्ड, चियापानमा विदेशी पनि

दसैँ, तिहार, नेपाल सम्वत्, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले २९ गते चियापान कार्यक्रम आयोजना गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोजाग्रत पूर्णिमाकै दिन चियापानको आयोजना गरेको थियो ।

चियापानका लागि १ लाख निमन्त्रण कार्ड बाँडिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । कार्यक्रममा विदेशी पाहुना पनि डाकिएको छ । “नेपालस्थिल विदेशी कूटनीतिक नियोग प्रमुख, दूतावासका कर्मचारी, नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसन प्रमुखहरू समेतलाई निम्त्याइएको छ,” उनले भने ।

मनमोहन अधिकारी पार्टी अध्यक्ष हुँदा नेकपा एमालेले सुरू गरेको चियापान कार्यक्रमलाई नेकपाले पनि निरन्तरता दिएको हो । तत्कालीन एमालेले कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान गर्थ्यो । नेकपाले कोजाग्रत पूर्णिमाको तीन दिनपछि चियापानको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा मुख्य राजनीतिक दलका नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी, चारैवटा सुरक्षा निकायका प्रमुख, कलाकार, साहित्यकार आदिलाई निम्तो पठाइएको ढकालको भनाइ छ ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएपछि सुरू गरेको चियापान कार्यक्रम अहिले संस्कृति नै बनेको छ ।

काङ्ग्रेसको चियापान अघिल्ला वर्षभन्दा निकै व्यवस्थित भएको भन्दै प्रशंसा भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *