तरलता अभावका कारण नेपालका बैंकहरुमा ऋण दिने रकम अभाव भएको छ ।
तरलताको सुनिश्चितता नहुँदै आर्थिक बर्षको सुरुवातदेखि नै आक्रामक ऋण लगानी गर्दा ऋण दिने रकम अभाव भएको हो ।
तरलता अभावका कारण बैंकहरु ऋण दिन नसक्ने अबस्थमा पुगेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए ।
उनका अनुसार दसैंअघिसम्म रु ४८ अर्ब निक्षेप संकलन गरेका २८ वाणिज्य बैंकले १०० अर्ब ऋण दिएपछि अहिले जम्मा रु १५ अर्ब मात्र ऋण दिने रकम रहेको छ ।
भुकम्प पछिका वर्षहरुमा निर्माण्का लागि ऋणको माग उच्च भएको कारण विगत तीन बर्षदेखि नै तरलता अभाव देखिइँदै आएको छ ।
दशैंपछि उद्यमीले पनि ऋण लिएर नयाँ काम थाल्ने र हिउँदमा निर्माणको काम गर्न सजिलो हुने भएकाले अहिले ऋणको माग उच्च छ ।
तर अब नयाँ निक्षेप वा अन्य स्रोतको जोहो नहुने हो भने बैंकहरुले ऋण दिन गाह्रो रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।
बैंकहरुमा देखिएको समस्या समाधान गर्न तत्काल पैसा उपलब्धताका लागि स्थानीय तहमा जाने सम्पूर्ण बजेटलाई निक्षेपका रुपमा परिचालन गर्न दिनु बैंकरहरुको सुझाव छ ।