सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल शुरू भएको छ ।
बिहान ९ बजेतिर अध्यक्षद्वयबीच करीब १ घण्टा छलफल भएको थियो, छलफलमा चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणको समीक्षा लगायत नेकपाको एकताप्रक्रियाका बाँकी कामहरू कसरी टुंग्याउने भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार मन्त्रीमण्डल पुनर्गठनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल भएको थियो ।