एनआईसी एसिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स

एनआईसी एसिया बैंकले दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एसिया रेमिटको चाडपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत एनआईसी एसिया रेमिटबाट दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने योजना सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३ सय १ शाखा कार्यालय, ७२ वटा विस्तारित काउन्टर, ४२ वटा शाखारहित बैंकिङ एकाइ एवं ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् सरल र सुलभ रूपमा तुरुन्त भुक्तानी पाउन सकिने भन्दै बैंकले असोज १४ देखि कात्तिक १६ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरूको समयमा ग्राहक महानुभावहरूले बिना झन्झट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत रकम पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *