अनिष बने चौथो पटक ‘लिगलिगे राजा’

(गोरखा) — जिल्लामा बिहीबार भएको लिगलिगे दौडमा प्रथम भइ भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापामगरले ‘लिगलिगे राजा’ को उपाधि जितेका छन् । उनी लिगलिगे दौडमा प्रथम भएको यो चौंथो पटक हो । यसअघि अनिष २०७१, ०७३ र ०७५ मा पनि पहिलो भएका थिए ।

मर्स्याङ्दी र चेपे नदीको दोभान चेपेघाटबाट लिगलिगसम्मको १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेन्डमा पार गरेर थापा मगर प्रथम भएका हुन्। उनले नगद ६० हजार एक सय, श्रीपेच, पगरी, ट्रफी, प्रमाणपत्र पुरस्कार पाएका छन्। ‘लिगलिगे राजा’ बनेका अनिषलाई राष्ट्रियसभाका सदस्य सुरेन्द्रराज पाण्डेले श्रीपेज लगाउँदै पुरस्कार हस्तान्तरण गरे।

यस्तै नेपाली सेनाका खगेन्द्रबहादुर भाट द्वितीय र रामजी बस्नेत तृतीय भए। १३.८ किमि दूरी भाटले १ घण्टा १ मिनेट ८ सेकेन्डमा पार गरेका थिए भने बस्नेतले १ घण्टा १ मिनेट ३४ सेकेन्ड लगाए। द्वितीय हुने भाटले ३५ हजार एक सय र तृतीय बस्नेतले २५ हजार एक सय नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

प्रथम भएकाअनिषलाई एक रात लिगलिगे राजाको रुपमा राखिने चलन छ । प्रतियोगिता सकिएपछिराजालाई मोटरमा राखेर नगर परिक्रमा गराइन्छ । यस वर्षदेखि लिगलिकोट राजदूतको ब्याजसमेत उपलब्ध गराइएको छ ।

इतिहासको संझना र सम्मानका लागि भन्दै हरेक वर्ष यही समय लिगलिगे दौड हुने गर्छ। आयोजकका अनुसार लिगलिगकोटलाई पर्यटकीय स्थलको रुपमा परिचित गराउन प्रतियोगिता गरिएको हो।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *