महराकाे दिनदशा एकाएक सप्रियाे, जेल जानबाट बचे !

काठमाडौं, १५ असाेज । संसद सचिवालयकी कर्मचारीलाइ जवरजस्ती याैन सम्पर्क गरेकाे अभियाेग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा नफस्ने भएका छन् ।

महरालाइ बचाउन अर्काे षड्यन्त्र भएकाे जनाइएकाे छ । यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले आफू डिप्रेसनको बिरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छिन् । याेसँगै महरामाथि प्रहरी छानविन रोकिने भएको छ ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् ।

मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)ले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझायो । लगतै महराले राजीनामा दिए । बुधबार संसद सचिवालयले महराले राजीनामा दिएकाले पद रिक्त भएको सूचना पनि निकालेको छ ।

पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।

यससँगै निवर्तमान सभामुख महरामाथि भइरहेको छानविन रोकिने देखिएको एक प्रहरी अधिकृतले बताएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *