काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले रोल्पाको परिवर्तन गाउँपालिका-२ भनभने, राङ्सीको चित्र कोर्न थालेका छन् । यो उनकै घर भएको गाउँ हो ।
तर, अहिलेको गाउँको होइन उपराष्ट्रपति पुनले १५० वर्षअघिको गाउँको चित्र कोरिरहेका छन् ।
आफ्नो गाउँ १५० वर्ष पहिले कस्तो थियो होला भन्ने परिकल्पना गरेर चित्र उपराष्ट्रपति पुनले चित्र तयार गर्न लागेको सचिवालयले जनाएको छ ।
उनले तयार गर्दै गरेको चित्रमा १५० वर्षअघिको गाउँमा खरको छाना भएका ७/८ वटा चारपाते घरहरु देखिन्छन् ।
अहिले उक्त गाउँमा सडक, खानेपानी, विजुलीको सुविधा पुगेको छ । ढुंगा र जस्ताको छानो भएका करिब ४० वटा घर छन् ।