
काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलमा आफ्नो पहिलो खेलमा नै नापोलीसँग पराजित भएको छ ।
मंगलबार राति समूह ‘ई’ मा रहेको लिभरपुल इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको हो । नापोलीको जितमा ड्रिइज मार्टिन्स र फेर्नान्डो लोरेन्टीले गोल गरे ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफको अन्तिम समयमा खराब प्रदर्शन गर्दै हार ब्यहोरेको हो । ८२ औ मिनेटमा नापोलीले पेनाल्टी पायो । पेनाल्टीको सदुपयोग गर्दै मार्टिन्सले नापोलीलाई अग्रता दिलाए । त्यस्तै, खेलको अतिरिक्त समयमा लोरेन्टीले गोल गरेपछि लिभरपुलमाथि नापोलीले २–० गोलको जित निकालेको हो ।
त्यस्तै, समूह ‘ई’ कै अर्को खेलमा सलजबर्गले जिंकलाई ६–२ गोलअन्तरले पराजित गरेको छ ।