बाजुरा जिल्ला बडिमालिका नगरपालिका-७ स्थित लक्ष्मी माध्यामिक विद्यालयका प्रध्यानाध्यापक कुसमराज पण्डित अमेरिकामा भएकी श्रीमती लिन काज बिदा लिएर अमेरिका पुगेका छन् । उनीलाई भाद्र ८ देखि २२ गतेसम्म विद्यालय व्यवस्थापन समितिले काज बिदा दिएकाे हाे । तर, उनकाे बिदा अवधि सकिसक्दा पनि फर्केका छैनन् ।
पण्डितले विद्यालयमा कुनै जानकारी नगरी अमेरिका पुगेकाे खबर आएको विद्यालयका शिक्षक लालचन्द्र जैसीले बताए । उनले भने, ‘आफूलाई ८ गते देखि २२ गते सम्मका लागि निमित्त प्रधानाध्यापककाे जिम्मेवारी दिएकाले अहिले विद्यालय प्रअविहीन भएकाे छ ।’
विद्यालय प्रअविहीन बनेपछि प्रशासनिक कामदेखि पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झुमा खत्रीले बताए । उनले भने, ‘प्रअ सर अमेरिका जानु भएकाे मलाई कुनै जानकारी छैन ।’
विद्यालय निरीक्षक रँगमल विकले शिक्षा निमावाली अनुसार विद्यालयको काम काजका लागि एक हप्ता बिदा दिने नियम रहेको बताए ।