टान निर्वाचन: नेपालमै सम्भावना छ भन्दै अमेरीका छोडेका सापकोटाको द्धितिय उपाध्यक्षमा उमेद्धारी

यति बेला ठमेलका पर्यटन व्यावसायीहरु चुनावी माहोलमा होमीएका छन् । चुनावमा जित हासिल गर्नको लागि अहिले सबै उमेद्धारहरु भोट माग्नमा व्यस्त छन् भने सबैले आ–आफ्नै एजेण्डाहरु समेत प्रष्टरुपमा अगाडि सारेका छन् ।

यसै बिच आज हामीले टानको द्धितिय उपाध्यक्षमा उमेद्धारी प्रस्तुत गर्नु भएका भरत सापकोटासंग केही संक्षिप्त कुराकानी गरेका छौ । तपाईको उमेद्धारी किन र केका लागि भन्ने प्रश्नमा हामी केन्द्रित भई रहदा उनको विगतलाई पनि खोताल्ने प्रयास गरेका छौँ ।

को हुन् सापकोटा
धादिङ जिल्लाको साविक कटुन्जे गाविसमा र हाल नेत्रावती डब्जोङ गाउँपालिका वडा नं ५ कटुन्जेमा जन्मिए सापकोटा सानैदेखि लगनशिल र मिलनशार स्वभावका व्यक्तिको रुपमा परिचित छन् । एसएलसी सम्मको अध्यायन गाँउबाटै पुरा गरेका सापकोटाले त्यस पछि काठमाण्डौ आई आफ्नो औपचारिक शिक्षालाई अगाडि बढाउन सफल भए । स्नातकसम्मको अध्ययान पुरा गरि आफ्नो भविष्य खोज्ने क्रममा सबैको सपनाको देश अमेरीका पुगेका सापकोटा अन्तत देशमै केही गरौँ भनि ५ बर्षको अमेरीका बसाईलाई बिट मारेर नेपालमै फर्किए र पर्यटन व्यावसायमा लागे । उनी भन्छन् “अमेरीका सबैको सपनाको देश हो तर मैले अमेरीका छोडे र नेपालमै केही गर्नु पर्छ भनेर नेपाल फर्की शुन्य लेभलबाट काम सुरु गरे जोश र जागर भएका युवालाई आर्थिक समृद्धी हासील गर्न नेपालनै ठिक छ ।”

देशमै केही गर्नु पर्छ, युवाहरु विदेश जाने होईन विदेशीलाई नेपाल ल्याउनु पर्छ र त्यहीबाट नेपालको समृद्धीको ढोका खोल्न सकिन्छ भन्ने महान उद्देश्य राखेर उनी पर्यटन क्षेत्रमा आएका हुन् । पर्यटन क्षेत्रको विकास र नेपालमा पर्यटन भित्राउने काममा उनको पनि महत्वपुर्ण भुमिका छ । साथै उनी देशमै केही गर्नु पर्छ भन्ने युवाहरुको प्रेणनाको श्रोत समेत बन्न सफल भएका छन् ।

पर्यटन व्यावसायमा लागेको १३ वर्षको अबधिमा उनले व्यावसायीक सफलतासंगै सामाजिक क्षेत्रमा समेत आफुलाई जोड्न सफल भएका छन् । सबै सामु विकासप्रेमी र समाजसेवीको छाप छोड्न सफल भएका सापकोटा युवा पुस्तामा निकै लोक प्रिय छन् । लायन्स क्लव अफ नेपाल एभरेस्टका पूर्व अध्यक्ष समेत रहेका सापकोटा व्यवसायबाट आएको केही पैसा समाजको सेवामा पनि खर्च गर्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्तिको रुपमा समेत परिचित छन् ।

सापकोटा हेल्पिङ ह्यान्डस् फाउन्डेसनका संस्थापक अध्यक्ष समेत हुन् । उनले पर्यटन सेवा संघमा सदस्य र कोषाध्यक्ष पदको कार्यभार समेत सफलता पुर्वक रुपमा पुरा गरिसकेका छन् ।
ब्रेकफ्री एडभेन्चर र हिमालयन लक्जुरी होलिडेजका प्रबन्ध निर्देशक समेत रहेका सापकोटाले संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, जर्मनी, फ्रान्स, रसिया, भुटानसहित दुई दर्जन देशको भ्रमण गरी अन्तराष्ट्रिय पर्यटनलाई समेत गहिरो गरी बुझ्न सफल भएका छन् ।

सापकोटाको उमेद्धारी किन
पर्यटन क्षेत्रमा नेपालको अपार सम्भावना भए पनि अझै धेरै पर्यटकलाई नेपाल भित्राउन नसकेको अबस्थामा खास गरि विदेशी पर्यटक नेपाल ल्याउन पहल गर्ने नै आफ्नो प्रथमिकता रहेको उनको भनाई छ । साथै व्यावसायीहरुको व्यावसायीक सफलतामा जोड दिदै नेपाललाई विश्वकै पर्यटकको हवको रुपमा चिनाउने गरि कार्य गर्ने एजेण्डा समेत आफुहरुसंग रहेको उनको भनाई छ । पर्यटन क्षेत्रको पहिचान र पर्यटकहरुको नेपाल बसाई लम्ब्याउन कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने कुरामा आफुहरु विजयी भईसके पछि देखिने गरि काम गर्ने पनि उनको एजेण्डा रहेको छ ।

टिम्स तथा टान कार्यालय व्यवस्थापनको लागि सफ्टवेर डेभलपमेन्ट पुराना रुटहरुको प्रवद्र्धन र नयाँ रुटको खोजी गर्दै नेपाली पर्वतिय पर्यटनलाई नयाँ उचाइमा लैजान आफ्नो उमेद्धारी रहेको उनले बताए । साथै सबै व्यावसायीहरुलाई आफु र आफ्नो टिमलाई भोट हालेर जिताउन समेत उनको अनुरोध छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *