नारायणी किनारमा रविले भने, ‘भ्रष्टाचार विरुद्ध झन् कडा भएर प्रस्तुत हुन्छु’

आत्महत्या दुरुत्साहन मुद्धामा सोमबार धरौटी बुझाएपछि रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेले बेथिती विरुद्ध कडा भएर प्रस्तुत हुने बताएका छन ।

मंगलबार समर्थकलाई धन्यवाद दिन नारायणी किनारमा आयोजना भएको सभामा उनले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर लाग्ने बताएका छन् ।

कार्यक्रममा धेरै समथर्कको उपस्थिती थियो । आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताए ।

‘मलाई अदालतले एउटा मुद्दामा नबोल्न भनेको छ तर देशमा बोल्नुपर्ने लाखौँ मुद्दा छन् म ति मुद्दामार्फत जनताको आवाज बुलंद पार्नुेछ’, लामिछानेले भने । उनले जनताको अपार माया पाएको आफूलाई सुरक्षा चुनौती छ भन्ने महसुस नभएको बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *