अन्तरिक उडानका यात्रुको सुरक्षा जाँचमा कडाई , १ घण्टा अघि विमानस्थल पुग्नुपर्ने

काठमाडौँ :  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अन्तरिक उडान गर्ने यात्रुहरु १ घण्टा अघि विमानस्थल प्रवेश गर्नुपर्ने भएको छ ।
यात्रुको सुरक्षा जाँच प्रक्रिया लम्बिएका कारण विमानस्थलले आन्तरिक उडानमा नियम परिवर्तन गरि उडान समयभन्दा १ घण्टा अगाडि विमानस्थल प्रवेश गर्नुपर्ने नियम लागु गरेको हो ।
अन्तर्राष्ट्रिय उडानमा जस्तै अन्तरिक उडानमा पनि सुरक्षा जाँच गर्ने नियम विमानस्थलले लागू गरेका कारण यात्रुलाई १ घण्टा अघि विमानस्थल पुग्न एयरलाइन्सले यात्रुलाई आग्रह गरेका छन् ।
विमानस्थलले यसअघि अन्तरिक उडानका लागि करिब ३० मिनेट पहिले मात्र यात्रु पुग्दा हुने नियम बनाएपनि अब उक्त नियम लागू गरि सुरक्षा जाँचमा कडाई गरेको एयरलाइन्सद्वारा जारी सूचनामा भनिएको छ ।
उक्त सूचनामा अन्तरिक यात्रुको लगेज समेत एक्सरे मेसिन राखेर जाँच गरिने प्रक्रिया सुरु भइसकेको जानकारी गराउदै यात्रुलाई सचेत गराइएको हो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *