एयरपोर्ट क्षेत्रका सेकुवा पसल हटाइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलबाहिरका क्षेत्रमा रहेका सेकुवा पसलहरु हटाउने घोषणा गरेका छन् ।

सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले विमानस्थलबाहिरका सेकुवा पसल र अव्यवस्थित संरचना हटाउने घोषणा गरेका हुन् । तीनकुनेदेखि गौशाला क्षेत्रको सडकलाई विमानस्थल क्षेत्र घोषणा गर्ने पनि मन्त्री भट्टराईले योजना सुनाए ।

विमानस्थल नेपाल प्रवेश गर्ने मुख्य द्वार भएकाले यस क्षेत्रको सुन्दरताका लागि पनि काम गर्ने उनले योजना सुनाए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *