काठमाडौं, ३ भदौ । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४१ औं साधारण सभा यही भदौं २० मा हुने भएको छ। उक्त साधारण सभाले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
आगामी नेतृत्व चयनका लागि व्यवसायीहरु छलफलमा जुटेका छन् । अहिले सम्म हालका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुबेदी, पूर्वमहासचिव मोहन लम्साल र पूर्वकोषाध्यक्ष कुमार थापाले नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।
विगतमा जस्तै यसपटक पनि नेकपा र नेपाली कांग्रेस सम्बद्ध व्यवसायीहरुबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना बलियो देखिएको छ। यसका साथै महासचिव, कोषाध्यक्ष जस्ता पदहरु दजनौं व्यवसायीहरुले आकांक्षा देखाएका छन् । त्यसकारण सहमतियरुपमा नेतृत्व चयनको सम्भावना कमजोर बन्दै गएको व्यवसायीहरु बताउछन् ।