कृषि क्षेत्रको अवस्था राजाको पालामा भन्दा पनि खत्तम भयो : कृषिमन्त्री खनाल

काठमाडौंमा सुरु भएको एशियन कृषि सम्मेलन तथा पदर्शनीमा कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले दलका नेताहरुले नेतृत्व गरेपछि नेपालको कृषि क्षेत्रको अवस्था राजाको पालामा भन्दा पनि खत्तम भएको बताउनुभएको हो ।

‘यसो भन्दा कसैलाई चित्त दुख्ला तर दलका नेताले नेतृत्व गरे पछि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ, त्यसको कारण के हो ? यो सबैको दायित्व सरकारले लिनु पर्छ ।’ मन्त्री खनालले भन्नुभयो ।

उहाँले अहिले पनि नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताउँदै युवालाई कृषिमा तान्ने र राज्यप्रती जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । उहाँले कृषि कर्म गर्नको लागि युवालाई अनुदान र सहुलियतको ऋण दिने व्यवस्थालाई थप कडाई गर्ने पनि जानकारी दिनुभयो ।

यस्तै भारतबाट आउने तरकारीको बिषादी जाँच फिर्ता लिएको भन्ने कुरामा सत्यता नभएको भन्दै मन्त्री खनालले हरेक नाकामा सबै ट्रक जाँच गर्ने कुरा बैज्ञानिक नहुने पनि स्पष्ट पार्नुभयो । नाकामा रहेका ल्यावले जम्मा २ वटा समुहको बिषादी मात्रै जाँच गर्ने र तिनको क्षमता बढानुपर्ने पनि उहाँले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नम्बर ३ को सहकार्यमा भएको कार्यक्रम मंगलबारसम्म चल्नेछ । समिटमा हामी सक्छौं कृषि गीति नाटक, सांस्कृतिक कार्यक्रम, कृषि योगा तथा मोटिभेशनल सत्र लगायतका थप कार्यक्रमहरु पनि रहेका छन । साथै, नेपाल कृषि घोषणा पत्र पनि जारी गरिनेछ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *