रविले अपिल त्रिपाठीसँग भने मलाई यी ४ वटा विषयमा चासो रहेको छ

चितवन । प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई गण्डकी छड्केका कार्यक्रम प्रस्तोता एवं पत्रकार अपिल त्रिपाठीले भेटेका छन् । प्रहरी हिरासतमा रहेका लामिछानेलाई त्रिपाठीले हिरासतमै पुगेर कुराकानी गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटका क्रममा त्रिपाठीलाई लामिछानेले मुख्य चारवटा विषयमा चासो रहेको बताएको उल्लेख गर्दै त्रिपाठीले आफ्नाे फेसबुक वालमा लेखेका छन्:

प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र युबराज कँडेललाई भेटेँ, रवि लामिछानेको आत्मबिश्वासमा कुनै कमि देखिन, भेटमा उहाँले मुख्यतः ४ वटा बिषयमा कुरा गर्नु भो, १. मलाई फसाउन खोजियो, २. प्रहरी अनुसन्धानको प्राथामिकता बारे, ३. म यहाँ छु, धेरै जनताका समस्या टेलिभिजनमा देखाउन छुटिसके, ४. अस्ति अदालतमा भएका बिषय, साथै चितवनका एसपी, डिएसपी , जिल्लाका राजनैतिक दलका केही नेता र प्रदर्शनकर्ताका अगुवा सँग पनि भेटघाट भयो, घटनास्थलमा पनि पुगे, अधिकांश सुचना प्रहरीले लुकाएको छ, परिस्थिति लाइ आफू अनुकुल बनाउन केही तत्वहरु मार्फत पुडासैनिको लाशमाथि लाजनिती पनी गरिएछ, (नोट म भाषण गर्न चाही आएको हैन है ?

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *