काठमाडौं- नेपाली कांगेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हत्या तथा हिंसाका दोषीलाई कारबार नगरेको तर धर्म प्रचार गर्ने आइएनजिओका कार्यक्रममा सह आयोजक बनेको भन्दै चर्को अालोचना गरेका छन ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले नेपाल सरकारको खोजी भैरहेका बेला आफूले सरकारलाई आइएनजिओको कार्यक्रमका सहप्रायोजकका रुपमा उपस्थिति भएको पाएको बताए ।
‘प्रधानमन्त्री केपी ओली र उहाँ नेतृत्वको सरकार हामी सबैको हो’, उनले भने, ‘सरकार राष्ट्रिय स्वाभिमान बेचेर धर्म प्रचारक आइएनजिओको सहप्रायोजकका रुपमा रहनु दुग्र्भाग्यपूर्ण छ ।’
एसिया प्यासिफिक समिट २०१८ नेपालका नाममा यूनिभर्सल पिस फेडरेसनले काठमाडौंको भौद्धस्थित होटेल ह्यातमा मंसिर १५ र १६ गते दुई दिन सम्मेलन गर्दै छ । यो सम्मलनको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गर्नेछन् ।
कांग्रेसले संविधानमा मुलुक धर्मनिरपेक्ष भैसकेको अवस्थामा सरकारले धर्मप्रचारक संस्थाको कार्यक्रममा सहप्रायोजक हुन आपत्तिजनक रहेको प्रवक्ता शर्माले बताए ।