मूल्यवृद्धि नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले दशैं नजिकिइरहँदा भइरहेको चर्काे मुल्यवृद्धि नियन्त्रण गर्न सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दुवै सचिव र मातहतका निकायलाई बोलाएर सम्बन्धित पक्षको जवाफपछि चर्काे मुल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिइएको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा लगायत साल्ट ट्रेडिङ, नेपाल आयल निगम र खाद्य संस्थानका प्रतिनिधिबाट सन्तोषजनक जवाफ नआएको भन्दै अर्काे बैठकमा सदस्यहरुले सोधेका जवाफसहित उपस्थित हुन निर्देशन दिनुभयो ।

समितिको बैठकमा सांसदहरु प्रकाश रसाइली, विन्दा पाण्डे, किसान श्रेष्ठ, रामवीर मानन्धर, भिमसेनदास प्रधान लगायतले चर्काे मूल्यवृद्धि हुनाको कारणबारे प्रश्न गर्नुभएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *