मनपरी मूल्यवृद्धि, नियमनकारी निकाय मौन

चाडपर्वको वहानामा व्यापारीले आफूखुशी उपभोग्य वस्तुको मूल्यवृद्धि गरेपछि झापाका उपभोक्ता मारमा परेका छन् । खाद्यान्न, सागसब्जी जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएकाले उपभोक्ता मारमा परेका हुन् । उपभोक्ता ठगिने क्रम बढे पनि नियमकारी निकाय भने मौन छ । नियमनकारीको मौनताको फाइदा उठाउँदै व्यापारीले आफू खुशी मूल्यवृद्धि गरिरहेका छन् ।

पछिल्लो समय दालमा २० प्रतिशत र तरकारीमा ३५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ । झापाको बिर्तामोडमा रहेका पसलमा चिनीको मूल्य फरक–फरक पाइन्छ । बिर्तामोडको नवीन किराना पसलमा ७० रूपैयाँमा पाइने चिनी, शुभ स्टोर बिर्तामोडमा ७५ रूपैयाँमा बिक्री हुन्छ । त्यही चिनी महालक्ष्मी किराना पसल बिर्तामोडमा ८० रूपैयाँसम्म बिक्री गर्ने गरेको महालक्ष्मी किराना पसलका सञ्चालक बताउँछन् । बिर्तामोडको कृषिथोक बजारमा रहेका कमला भण्डारी र हरि साहको पसलमा मस्याङ दालको मूल्यमा फरक पाइन्छ । यस तथ्यले व्यापारी आफैंले मूल्य निर्धारण गरिरहेको देखाउँछ । कारोबार दैनिकले समाचार बनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *