तरकारीमा ६० प्रतिशत मूल्यवृद्धि

हेटौंडा, असोज २८ । दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा कम्तिमा ६० प्रतिशत बृद्धि भएको दाबी गरिएको छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको अधिकार प्रदान गरे पनि त्यसको विपरीत चाडपर्वमा महंगी बढेको भन्दै वौद्धिक मञ्च मकवानपुरले आपत्ति जनाएको छ ।

मूल्यवृद्धि भइरहेकोले त्यसतर्फ ध्यान दिन वौद्धिक मञ्च मकवानपुरले प्रेस विज्ञप्तिमार्फत् सरकारलाई आग्रह गरेको हो । अध्यक्ष डा. सम्राट तुम्बाहाङ्फेले गत पाँच महिनामा दैनिक उपभोग्य वस्तु र तरकारीको मूल्यमा ६०.१३ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।

मञ्चले दैनिक उपभोग्य ६ वटा वस्तुको सर्वेक्षण गरेको थियो । गोलभेंडा, प्याज, भिण्डी, रातो आलु, बोडी र चिनीलगायत उपभोग्य वस्तु र तरकारीको बजार सर्वेक्षण गर्दा पाँच महिनामा ६० प्रतिशत भन्दा बढी मूल्यबृद्धि भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *